नियम ३१
बैकल्पिक उम्मेदवारको नियुक्ति
: (१) देहायको अवस्थामा त्यस्तो अवस्था परेको सात दिन भित्र अख्तियारवालाले वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुसार नियुक्तिको लागि माग गर्नु पर्नेछ :–
(क)   नियुक्तिको लागि सिफारिस गरिएको उम्मेदवारले नियुक्तिको सूचना पाएको वा सूचना प्रकाशित भएको मितिले तीस दिनभित्र नियुक्तिपत्र लिन नआएमा वा नियुक्ति लिई तोकिएको म्यादभित्र बहाल नभएमा, वा
(ख)   नियुक्तिको लागि सिफारिस गरिएको उम्मेदवारको मृत्यु भई वा निजले राजीनामा दिई वा अन्य पदमा नियुक्ति भई सिफारिस भएको मितिले एक वर्षभित्र पद रिक्त हुन आएमा ।
      (२) उपनियम (१) बमोजिम वैकल्पिक सूचीमा रहेका उम्मेदवारको माग भएमा सोको पन्ध्र दिन भित्र आयोगले वैकल्पिक उम्मेवारलाई योग्यताक्रम अनुसार नियुक्तिको लागि सिफारिस    गर्नेछ ।